“स्टक एक्सचेन्जको लाइसेन्स खुला प्रतिस्पर्धाबाट दिनुपर्छ”, धितोपत्र बोर्डमा बिचौलियाका आँखा गइसके: प्रचण्ड



Advertisement
Ads

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा अनियमितता गर्न खोजेको आरोप लगाएका छन्। उनले ऐनमा नभएको निर्देशन निकालेर सरकार कमिसनको खेल खेल्दै स्टक एक्सचेन्ज बिचौलियालाई दिन लागिएको दाबी गरे।

संसद्मा सम्बोधन गर्दै उनले भने, “धितोपत्र बोर्डमा बिचौलियाका आँखा गइसके। ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गलत बाटोतिर बढ्दै छ,” प्रचण्डले भने।


Advertisement

प्रचण्डले स्टक एक्सचेन्ज दिनैपर्ने हो भनेखुला प्रतिस्पर्धाबाट र बढी रकम उठाएर मात्रै दिनुपर्नेमा जोड दिए।

“दूरसञ्चार फ्रिक्वेन्सीजस्तै सरकार स्टक एक्सचेन्जलाई आफ्नो सम्पत्ति मान्ने वातावरण बनोस्। यदि नयाँ लाइसेन्स दिनैपर्ने हो भने कमिसन र सेटिङको आधारमा होइन, खुला प्रतिस्पर्धाबाट र बढी रकम उठाएर दिनुपर्छ,” उनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर