नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भोलि बिहीबार, चैत ७ गतेदेखि सेयर बजारमा अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि लागू गर्ने भएको छ। नयाँ नियम अनुसार दिउँसो २:४५ देखि ३:०० बजेसम्म भएका कारोबारको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। यदि यो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य कायम गरिनेछ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार नेप्सेले यो नियम लागू गर्न लागेको हो।हालसम्म बजार बन्द हुने अन्तिम सेकेन्डमा थोरै सेयर किनबेच गरी कृत्रिम रूपमा मूल्य वृद्धि (सर्किट) गराउने प्रवृत्ति देखिँदै आएको थियो। केही लगानीकर्ताले एमकेटी फिचर प्रयोग गरेर अन्तिम समयमा मूल्य बढाउने काम गर्दै आएका थिए।
नयाँ विधि लागू भएपछि अन्तिम सेकेन्डमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने चलखेलको स्थिति हट्नेछ। अब २:४५ देखि ३:०० बजेसम्मको औसत मूल्य नै अन्तिम कारोबार मूल्य हुने भएकाले साना कम्पनीहरूको सेयर मूल्यमा हुने हेरफेर तथा चलखेल रोक्न यसले मद्दत गर्ने विश्वास गरिएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया