ग्राहकमाथि तातो कफी पोखिएपछि स्टारबक्सले ५ करोड डलर जरिवाना तिर्दै



Advertisement
Ads

अमेरिकाको क्यालिफोर्नियामा २०२० फेब्रुअरी ८ मा स्टारबक्सको लापरवाहीका कारण तातो कफी पोखिएर गम्भीर रूपमा जलेका माइकल गार्सियाले ५ करोड डलर क्षतिपूर्ति पाउने भएका छन्।

लस एन्जलस काउन्टी अदालतले ग्राहक सुरक्षाप्रति गम्भीर लापरवाही देखिएको ठहर गर्दै यो फैसला सुनाएको हो। घटना तब भयो जब गार्सियाले तातो पेय पदार्थको टेकआउट ट्रे मागे, तर बरिस्टाले सही रूपमा राख्न नसक्दा कफी पोखियो। कफी गुप्ताङ्गमा परेपछि गार्सियाले छाला प्रत्यारोपण र अन्य जटिल उपचार गराउनुपरेको थियो।


Advertisement

उनका वकिलहरूले स्टारबक्सले सुरक्षामा लापरवाही गरेको तर्क गर्दै ठूलो क्षतिपूर्तिको माग गरेका थिए। इजलासले यो तर्क स्वीकार गर्दै ५ करोड डलर दिने निर्णय गरेको हो। केही न्यायाधीशले क्षतिपूर्तिको रकम अझै बढाएर १२.५ करोड डलर हुनुपर्ने बताएका थिए।

स्टारबक्सले यो निर्णयको विरोध गर्दै पुनरावेदनमा जाने बताएको छ। कम्पनीले सुरक्षामापदण्ड पालना गर्ने दाबी गर्दै गार्सियाको असावधानीले पनि दुर्घटना निम्त्याएको जिकिर गरेको छ। मुद्दा अदालत पुग्नु अघि स्टारबक्सले ३० लाख र पछि ३ करोड डलर सम्झौताका लागि प्रस्ताव गरे पनि गार्सियाले सुरक्षा सुधार र माफी माग्नुपर्ने शर्त राखेपछि सहमति हुन सकेन।

(एजेन्सी)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर