सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज, माघ १२ गते सोमबार बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज दिउँसो ३ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको अन्तिम दिनसम्म कुल २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन्। आवेदन रकम कुल ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेर मागभन्दा ३.८६ गुणा बढी भएको छ।
आइपीओ बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकले १० कित्ता सेयर पाउने भएकाले ८ लाख २० हजार जनाले मात्र सेयर पाउने छन्। बाँकी १७ लाख ४० हजार ४ सय २२ आवेदकको हात खाली हुनेछ।





















प्रतिकृया