सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले मंसिर ७ गतेदेखि २१ गतेसम्म स्थानीयमा निष्काशन गरेको १ करोड कित्ता आईपीओ पुस २३ गते बाँडफाँड गरेको हो।
यसअघि पहिलो चरणमै कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि आईपीओ निष्काशन तथा बाँडफाँड गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि १० गतेसम्म १० लाख कित्ता आईपीओ निष्काशन गरिएको थियो, जसको बाँडफाँड मंसिर २४ गते सम्पन्न भएको हो।
अब कम्पनीले थप सर्वसाधारण लगानीकर्ताका लागि पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।
स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिएको आईपीओ बाहेक ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ थप सर्वसाधारण लगानीकर्तामा निष्काशन गरिनेछ।
सर्वसाधारणका लागि आईपीओ निष्काशन अवधि छिटोमा माघ ४ गतेसम्म तोकिएको छ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्काशन अवधि ढिलोमा माघ १४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। बिक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन पेश गर्न सकिनेछ।
कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया