स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यस चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
स्थानीयहरूले कुल ९ लाख ३७ हजार ५ सय कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्, जसका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयहरूले आवेदन छिटोमा चैत्र २३ गतेसम्म दिन सक्नेछन् भने, यदि सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन हुने छ। यस समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो आवेदन प्रक्रिया चैत्र १२ गतेसम्म खुल्ला रहनेछ। त्यसपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने योजना बनाएको छ।
आईपीओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। अनुमति पाएसंगै कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्नेछ।





















प्रतिकृया