insta insta

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न
Advertisement Ads

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्काशन गरिएको स्नो रिभर्स लिमिटेडको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले सेयर बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र ९ देखि चैत्र १२ गतेसम्म कुल ९३,७५० कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा ८२,१६० जनाको आवेदन परेको थियो, जस मध्ये ८२,०८५ जनाको आवेदन मात्र योग्य ठहरियो।

माग भन्दा बढी आवेदन परेको हुँदा सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। यस क्रममा ९,३७५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १८ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

657378077 3250774931760577 2736238962203512880 n e1775109831370 https://bajarkochirfar.com/snow-rivers-limiteds-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स