शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री फागुन १७ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो।
आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सदस्य बैंक र वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन पनि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार यो आईपीओ छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ।
यस आईपीओको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हाल्नेछ। कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी ३२ करोड रुपैयाँबराबर, १०० रुपैयाँ अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो।





















प्रतिकृया