तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म रहेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक वा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया