सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत (करसहित) बराबर ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो निर्णय कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ९ गते अपरान्ह ४:३० बजे नक्साल, काठमाडौंमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ।
उक्त सभाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ स्वीकृत गर्नेछ। त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने एजेन्डामा छलफल गर्नेछ।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया