सिद्धार्थ केबलकार लिमिटेडले १ः१.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। अर्थात्, १ कित्ता सेयर बराबर नयाँ १.७५ कित्ता हकप्रद सेयर पाइनेछ। कम्पनीले प्रति कित्ता रु. ५० का दरले सेयर जारी गर्न लागेको हो।
कम्पनीका अनुसार, फागुन २२ गतेसम्म कायम संस्थापक सेयरधनीहरूले मात्रै हकप्रदका लागि आवेदन दिन पाउने छन्। आवेदन चैत २० देखि २४ गतेसम्म खुला रहनेछ।
साबिकमा प्रति कित्ता रु १०० का दरले १,००० कित्ता सेयर रहेका सेयरधनीहरूको सेयरलाई रु ५० कायम गर्दै २,००० कित्तामा रूपान्तरण गरिएको छ। यसअनुसार, पहिले १,००० कित्ता सेयर भएकाले हकप्रदमा ३,५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
हकप्रदका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg)






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया