शुभ लक्ष्मी कोषले गर्यो १६ प्रतिशत लाभांश घोषणा, कहिलेसम्म कायम इकाइधनीले पाउँछन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
शुभ लक्ष्मी कोषले गर्यो १६ प्रतिशत लाभांश घोषणा, कहिलेसम्म कायम इकाइधनीले पाउँछन् ?
AdvertisementAds

लक्ष्मी सनराईज क्यापिटलको सञ्चालित शुभ लक्ष्मी कोष म्युचुअल फन्डले आर्थिक वर्ष २०८१/८२ का लागि करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। क्यापिटलको साउन १२ गते बसेको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा यस कोषले ७.५ प्रतिशत लाभांश वितरण गरेको थियो। लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष एक खुलामुखी योजना हो।

कम्पनीले साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लाभांश वितरणपछि इकाईधनीहरूले उक्त रकमलाई समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्नेछन्। यसका लागि इच्छुकले साउन १६ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स