चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। यसमा साधारण सेयर, हकप्रद सेयर, म्युचुअल फण्ड, डिबेन्चर, एफपीओ र अन्य सेयर समावेश छन्। त्यसैगरी, आठ महिनामा मात्र १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८६ पुगेको छ। यसमा १३३ बैंक, वित्तीय संस्था र बीमा कम्पनी, ९७ हाइड्रोपावर कम्पनी, २७ म्यानुफ्याक्चरिङ कम्पनी, ८ होटल कम्पनी, ७ लगानी कम्पनी, ४ ट्रेडिङ कम्पनी र १० अन्य समूहका कम्पनीहरू रहेका छन्।
साथै, आठ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डले भने २३ अर्ब १२ करोडको म्युचुअल फण्ड, ८ अर्ब ६९ करोडको साधारण सेयर, ४ अर्ब ९४ करोडको हकप्रद सेयर, २० करोडको डिबेन्चर र लगभग ५ करोडको एफपीओ गरी कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर निष्काशनको अनुमति दिएको छ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)


![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया