नेप्से घट्दा पनि सबै सिमेन्ट कम्पनीहरूको सेयरमा हरियाली

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
नेप्से घट्दा पनि सबै सिमेन्ट कम्पनीहरूको सेयरमा हरियाली
AdvertisementAds

आज नेप्से परिसूचक घटिरहादा ४ ओटै सिमेन्ट कम्पनीको सेयर मुल्य बढेको छ। समाचार तयार पार्दा सम्म ४ ओटा कम्पनीको सेयर उच्च अङ्कले बढेको छ।

सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर ३०.१० अङ्कले बढेर ७८९ रुपैयाँमा कारोबार भइरहेको छ। सोना सिमेन्ट पनि १२.२० अङ्कले बढेर ४७७ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, शिवम् सिमेन्ट पनि ११.१० अङ्कले बढेर ५८१ रुपैयाँमा कारोबार भइरहेको छ भने घोराही सिमेन्ट पनि १०.६० अङ्कले बढेर ४९३.५० मा कारोबार भइरहेको छ।

अहिले नेप्से १५.०५ रुपैयाँले घटेर २७००.६६ कारोबार भइरहेको छ। समग्र बजारमा अहिलेसम्म १ अर्ब ९१ करोड को कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स