नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ (Primary Market Reform Facilitating Task Force) गठन गरेको छ।
बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको ७ सदस्यीय कार्यदलमा सेबोनका तीन कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का एक प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन्।
कार्यदलले आवश्यकता अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विद्युत् नियमन आयोग (ERC), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN), सिडिएस एण्ड क्लियरिङ (CDSC) लगायतका सरोकारवाला निकायका विज्ञलाई पनि आमन्त्रण गर्न सक्नेछ।
आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति अन्तर्गत रहेको नियामकीय सुधार कार्यान्वयन गर्ने उद्देश्यले गठन गरिएको कार्यदलको पहिलो बैठक साउन १९ गते बसेको थियो।
कार्यदलले IPO, बुक बिल्डिङ, मर्चेन्ट बैंकर, IPO बाँडफाँट, डिजिटल IPO, IPO योग्यता, मूल्य निर्धारण, संस्थागत तथा एङ्कर लगानीकर्ता, ड्यु डिलिजेन्स, पोस्ट इश्यू मोनिटरिङ लगायत प्राथमिक बजारसँग सम्बन्धित विषयमा सुधारका लागि सुझाव तयार गर्नेछ।
प्रतिकृया