प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २७ गते
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
AdvertisementAds

 निजामती सेवाका दुई सचिवले पदबाट राजीनामा दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारीले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

साउन १३ गते मात्रै सञ्चार मन्त्रालयमा सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाट राजीनामा दिएका हुन्। पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो।

यस्तै, सचिव अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स