४८ दिनदेखि आन्दोलनमा रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी आजदेखि पुनः काममा फर्किएका छन्। अर्थ मन्त्रालयले उनीहरूको सेवासुविधा कटौती नगर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो। आइतबार बिहान अर्थमन्त्री खनालले आन्दोलनरत कर्मचारीलाई भेटेर खारेज भएका कोषको सुविधा नघट्ने गरी नयाँ नियमावलीमा व्यवस्था गर्ने आश्वासन दिएका छन्।
राजश्व सचिव र आन्दोलनरत कर्मचारीबीच आइतबार वार्ता सम्पन्न भएको थियो। वार्तामा मन्त्रालयले सेबोन कर्मचारीको कल्याण कोष र सुरक्षण कोष खारेज गर्ने अघिल्लो निर्णय फिर्ता लिने भन्दै गर्दै ती व्यवस्था ‘कर्मचारी सेवा सर्त नियमावली’मा समावेश गर्ने सहमति जनाएको हो। गत असोज २ गते अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड अन्तर्गतका दुई कोष (कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५) खारेज गर्ने निर्णय गरेको थियो। त्यसैसँगै, ती कोषमार्फत भुक्तानी भएका रकम सरकारी बाँकी सरह असुल गर्न निर्देशन दिइएको थियो। सो निर्णयको विरोधमा बोर्डका कर्मचारीले काम ठप्प पार्दै आन्दोलन गरिरहेका थिए।
अर्थ मन्त्रालयको पछिल्लो मौखिम सम्झौता भएपछि बोर्डले कानुन मन्त्रालयका सहसचिव विनोद भट्टराई संयोजक रहने गरी एक सुझाव समिति गठन गरेको छ। समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र आईक्यानका उपाध्यक्ष आनन्दराज शर्मा सदस्य रहेका छन्। समितिले तीन दिनभित्र नियमावली संशोधनका लागि सिफारिस पेश गर्नेछ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया