SHAREHUBSHAREHUB

आईपीओ निष्काशन गर्दै सारथी केवल इन्डस्ट्रीज, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
AdvertisementAds
आईपीओ निष्काशन गर्दै सारथी केवल इन्डस्ट्रीज, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
AdvertisementAds

सारथी केवल इन्डस्ट्रीज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्दै औपचारिक सम्झौता गरेको हो। सम्झौतापत्रमा अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका सीईओ सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ, जुन आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ। संकलित रकम नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन र आल्मुनियम फर्नेन्स प्लान्ट स्थापना गर्न प्रयोग गरिनेछ।

यसले देशलाई विद्युत सामग्रीमा आत्मनिर्भर बनाउने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएको छ। भैरहवामा अवस्थित यस कम्पनीले १८ वर्षदेखि Multi-Strand, Power, Concentric Cable र ACSR Conductor उत्पादन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स