जेठ ९ गतेदेखि सान्भि इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
जेठ ९ गतेदेखि सान्भि इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

सान्भि इनर्जी लिमिटेडले आउँदो जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रति कित्ता १०० रुपैयाँको दरमा कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएको हो।

यसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँड गरिसकेको छ।

अब बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ।

सान्भि इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स