सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ आज (वैशाख ५ गते) देखि आयोजना प्रभावित स्थानीयबासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता रू. १०० को दरले कुल ३७ लाख ९० हजार कित्ता सेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बिक्रीमा ल्याएको हो।
यसमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। आवेदन दिन इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालिका–१, ३, ४ र सूर्योदय नगरपालिका–१० तथा ११ का बासिन्दा योग्य छन्।
न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म तोकिएको छ भने आयोजनाबाट पूर्ण आवेदन नआएमा अवधि जेठ ३ गतेसम्म लम्बिन सक्छ। तर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने यही वैशाख १९ गते नै अन्तिम मिति हुनेछ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि थप २६ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्ने योजना रहेको छ। सान्भि इनर्जी लिमिटेड हाइड्रोपावर क्षेत्रअन्तर्गत पर्दछ।



















प्रतिकृया