वैशाख ५ गतेदेखि सान्भि इनर्जी लिमिटेडको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
वैशाख ५ गतेदेखि सान्भि इनर्जी लिमिटेडको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?

सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० को दरले ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।

यसमध्ये ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आयोजनास्थलमा पर्ने इलाम नगरपालिकाको वडा नं. १०, माईजोगमाई गाउँपालिकाको वडा नं. १, ३, ४ तथा सूर्योदय नगरपालिकाको वडा नं. १० र ११ का स्थानीयले आवेदन दिन सक्नेछन्।

आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ, तर आयोजना प्रभावितबाट पूर्ण आवेदन नआएमा बिक्री अवधि जेठ ३ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि लम्बिने छैन।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले २६ लाख १९ हजार कित्ता सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गर्ने योजना रहेको छ। सान्भि इनर्जी लिमिटेड हाइड्रोपावर सेक्टरअन्तर्गत पर्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स