सान्वी इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ४३.०७ प्रतिशत आइपीओ निष्काशनका लागि चैत ११ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँ बराबरको कूल ३७ लाख ९०हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्काशन गर्नेछ ।
आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ४३.०७ प्रतिशत अर्थात् ३७ लाख ९० हजार कित्ता जारी गर्नेछ भने बाँकी ५६.९३ प्रतिशत संस्थापक समूहको हुनेछ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया