सालपा विकास बैंक लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) सीडीएससीमा दर्ता भइसकेको छ। माघ ९ गते सिडीएससी, सालपा विकास बैंक लिमिटेड र ग्लोबल आइएमई क्यापिटल (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ। त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।
त्यस्तै, पहिलो कारोबारका लागि सालपा विकास बैंकको सेयरको ओपनिङ रेञ्ज न्यूनतम १०१ रुपैयाँ २० पैसा देखि अधिकतम ३०३ रुपैयाँ ६० पैसा सम्म तोकिने सम्भावना रहेको छ।




















प्रतिकृया