सागर डिष्टिलरीको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २ गते
सागर डिष्टिलरीको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइने ?

सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज (असोज २ गते) सम्म आवेदन दिन पाउने भनिएको थियो । १ गते सार्वजनिक बिदा परेकाले असोज ५ गतेसम्मका लागि म्याद थप भएको हो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्दै आवेदन दिन सक्नेछन् ।  यो सेयर १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स