सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको सेयर भदौ ६ गते बाँडफाँड गरिएको हो। बाँडफाँड कार्यको जिम्मेवारी बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सम्हालेको थियो।
कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याएको थियो। सो अवधिमा आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडको नतिजा मुक्तिनाथ क्यापिटलको वेबपोर्टल, सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘आईपीओ रिजल्ट’ र ‘मेरो सेयर’ मार्फत हेर्न सकिने छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया