समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। यसअघि बैठक पार्टीको केन्द्रीय कार्यालय च:मति/बनस्थलीमा बस्ने तय गरिएको थियो। तर सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएकाले बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्ने निर्णय गरिएको हो।
बैठक भर्चुअल हुने जानकारी पाएपछि केन्द्रीय कार्यालय पुगेका केही नेताहरू फर्किन थालेका छन्। उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोविता गौतम लगायतका नेताहरू कार्यालय पुगेका थिए। हाल स्वास्थ्य सुधारको क्रममा रहेका सभापति रवि लामिछानेसँग डीपी अर्याल र स्वर्णिम वाग्ले साथमै रहेका छन्। त्यस्तै, शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरू पार्टी कार्यालयमा रहेका छन् भने केही नेताहरू त्यहाँबाट फर्किएका थिए।
पार्टीका प्रवक्ता मनिष झाले कार्यालयमा उपस्थित सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिवालय बैठक भर्चुअल रूपमा बस्ने र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाइने जानकारी दिएका छन्। समानुपातिक सूचीमा नाम तय गरी आयोगमा पठाउनकै लागि सचिवालय बैठक बोलाइएको हो।
फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फबाट थप ५७ सिट पाउने भएको छ। समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरणलगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन हुने र त्यसका लागि करिब १० दिन जति लाग्न सक्ने प्रवक्ता झाले बताएका छन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया