insta insta

सेयर बजार सुधारका लागि रास्वपाको ‘बोल्ड’ योजना: नेप्सेको पुनर्संरचना देखि ‘बुक बिल्डिङ’ सुधार्नेसम्म

सेयर बजार सुधारका लागि रास्वपाको ‘बोल्ड’ योजना: नेप्सेको पुनर्संरचना देखि ‘बुक बिल्डिङ’ सुधार्नेसम्म
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमार्फत सेयर बजार सुधारका विभिन्न एजेन्डाहरू सार्वजनिक गरेको छ। पार्टीले पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित नियामक निकाय धितोपत्र बोर्डको संरचनागत सुधार गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सेंट्रल डिपोजिटरी सिस्टम एन्ड क्लियरिङ कम्पनी (सिडिएससी) को पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवाको विकास गर्ने नीति तय गरिएको छ।

पार्टीले नयाँ वित्तीय उपकरणहरू पनि बजारमा उपलब्ध गराउने योजना बनाएको छ। यस अन्तर्गत इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ, फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने व्यवस्था हुने छ।

लगानीकर्ता सुरक्षा र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्दै रास्वपाले ‘इन्साइडर ट्रेडिङ’ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता अपनाउने घोषणा गरेको छ। यसका लागि सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा पारदर्शिताका लागि ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिनेछ। साथै, प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बाँडफाँड प्रक्रियामा सुधार गर्दै ‘बुक बिल्डिङ’ प्रणालीलाई पारदर्शी बनाउने व्यवस्था गरिने छ।

संस्थागत लगानीकर्ताको विस्तार पनि रास्वपाको प्राथमिकतामा रहेको छ। पार्टीले पेन्सन फन्ड, बीमा र म्युचुअल फन्ड जस्ता संस्थागत लगानीकर्ताहरूलाई सेयर बजारमा सक्रिय हुन प्रोत्साहित गर्ने योजना अघि सारेको छ। त्यसैगरी, दीर्घकालीन परियोजनाहरूका लागि सरकारी र निजी क्षेत्रको बन्ड बजार (Bond Market) विकास गर्ने नीति पनि घोषणामा समावेश गरिएको छ।

viral Election news post https://bajarkochirfar.com/rsvps-bold-plan-for-stock-market-reform-from-restructuring-nepse-to-improving-book-building | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स