राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी र लघुवित्तको लगानीलाई प्राथमिकता दिने नीति अघि सारेको छ। बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पार्टीले सहकारी र लघुवित्तलाई अनुत्पादक घरजग्गा क्षेत्रमा केन्द्रित नगरी, उत्पादनशील, बिना–धितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित गर्ने योजना स्पष्ट पारेको छ।
रास्वपाले आमनागरिकको पसिनाको कमाइ सुरक्षित राख्न सरकारद्वारा गठन हुने १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएको छ।
साथै, बचतकर्ताको रकम सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिनेछ। यस कोषमार्फत संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि रकम भुक्तानी गर्ने व्यवस्था हुनेछ।
रास्वपाले घोषणापत्रमा भनेको छ, “हाम्रो उद्देश्य सञ्चालकलाई मात्र जेल हाल्नु होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले, ‘थुनेर होइन, सुनेर’ नीति अनुसार यदि कुनै सहकारी वा वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत तथा योजना छ भने, कानुनी प्रक्रियामार्फत ‘मिलापत्र’को बाटो प्रशस्त गरिनेछ। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समयसीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिइनेछ।”

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया