रास्वपाका सांसद डोलप्रसाद (डीपी) अर्याल सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन्। आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।
सभामुखको एकमात्र उम्मेदवार रहेका अर्यालको प्रस्ताव प्रस्तुत गर्न जेष्ठ सदस्य केसीले बैठक सुरु हुनासाथ प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए। लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे र अन्य राजनीतिक दलबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे।
त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल लगायतले लामिछानेको प्रस्तावको समर्थन गरे। वाग्लेले अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताएका छन्। उनले अर्यालको निर्विरोध निर्वाचित हुन सहयोग गरेको अन्य दललाई बधाई दिँदै अर्यालको अनुभव र क्षमता पनि चर्चा गरे।
अर्यालले अघिल्लो संसद्मा सांसद र मन्त्री भएर देखाएको क्षमता स्मरण गराएका छन्। वाग्लेले भने, “उहाँले संसद्को अभिभावक भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु। विगतमा सभापति र पार्टीमाथि प्रहार हुँदा अर्याल र मैले पार्टीलाई सभापतिको रूपमा अघि बढाएको अनुभव छ। मध्यम वर्गीय संघर्षबाट ओलप्रोत भएको जीवन गाथा अर्यालमा रहेको छ। तटस्थतामा खरो सावित हुने विश्वास मैले लिएको छु।”
कानुनमन्त्री गौतमले संसद अब समस्या उन्मुख हुनुपर्ने बताए। उनले भनिन्, “अब बहस र भाषणले मात्र नहुने भएकाले बहसहरु जनउत्तरदायी भएर गरिनुपर्छ।”
बैठक सोमबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी स्थगित गरिएको छ।















![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया