काठमाडौंको तीनकुनेमा एक घरमा आगजनी भएको छ। राजावादी प्रदर्शनकारीहरूले एक व्यक्तिको घरमा आगजनी गरेका हुन् । यस अघि प्रदर्शनकारिहरुले सिसा छियाछिया गर्ने गरी ढुंगा प्रहार गरेका छन्।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने क्रममा, प्रदर्शनकारीहरूले उक्त घरमा प्रहरी उपस्थित रहेको सोच्दै ढुंगा प्रहार गरेका थिए। घरमा रहेका मानिसहरूले छतबाट प्रहरीको नभएको इशारा गरिरहेका थिए। आगो निभाउन आएको दमकलमाथि पनि आक्रमण भएको छ ।




















प्रतिकृया