कान्तिपुर टेलिभिजनको भवनमा राजावादी प्रदर्शनकारीहरूले हाने ढुंगा

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
कान्तिपुर टेलिभिजनको भवनमा राजावादी प्रदर्शनकारीहरूले हाने ढुंगा

राजावादी प्रदर्शनकारीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गर्दै कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रदर्शनकारीहरूले तिनकुने स्थित एक व्यक्तिको घरमा आगजनीसमेत गरेका छन्।

यसअघि, सो घरमा सिसा छियाछिया गर्ने गरी ढुंगा प्रहार गरिएको थियो। घरमा लागेको आगो निभाउन आएको दमकललाई पनि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेपछि सुरक्षा कर्मीले पहिलो चरणमा अश्रुग्याँस प्रहार गरेका थिए। पछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स