राजावादी आन्दोलन उग्र, गणतन्त्रवादी प्रदर्शन शान्तिपूर्ण

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
राजावादी आन्दोलन उग्र, गणतन्त्रवादी प्रदर्शन शान्तिपूर्ण

राजधानीका दुई फरक स्थानमा जारी आन्दोलनमध्ये राजावादीको प्रदर्शन तनावग्रस्त बनेको छ भने गणतन्त्रवादीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलिरहेको छ।
तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। आन्दोलन उग्र बन्दै जाँदा केही प्रदर्शनकारीहरूले ढुङ्गामुढासमेत गरेका छन्, जसका कारण केही व्यक्तिहरू घाइते भएका छन्।

त्यस्तै, भृकुटीमण्डपमा समाजवादी मोर्चासम्बद्ध दलहरूको नेतृत्वमा भइरहेको गणतन्त्रवादी प्रदर्शन भने अहिलेसम्म शान्तिपूर्ण देखिएको छ। अहिले प्रदर्शन कोणसभामा परिणत भइसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स