मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स, प्रतिकित्ता कति तोकियो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २० गते
मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स, प्रतिकित्ता कति तोकियो ?

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको १० प्रतिशत बराबर १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर निष्काशन गर्दैछ।

बुक–बिल्डिङ प्रक्रिया अनुसार प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ, जसअघि संस्थागत लगानीकर्तामा बाँडफाँड हुँदा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो र सोही मूल्यमा १० प्रतिशत छुट दिँदा हालको मूल्य कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा मंसिर २५ गते निष्काशन बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा अवधि पुस ७ गतेसम्म लम्बिन सक्छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ र आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा ‘मेरो सेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी दिन सकिनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई CARE NP Single A– (Issuer Rating) प्रदान गरेको छ जसले कम्पनीमा वित्तीय दायित्व वहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ। यसअघि अदालतमा मुद्दा परेर रोकिएको आईपीओ प्रक्रिया अहिले अदालतको अन्तरिम आदेशपछि पुनः सक्रिय भएको हो र कम्पनीले अध्यावधिक वित्तीय विवरणसहित आह्वानपत्र पनि प्रकाशित गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स