रविलाई आज अदालत लगिँदै, कहाँ छन् छविलाल ?



Advertisement
Ads

पूर्वगृहमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका लागि बबरमहलस्थित जिल्ला अदालतमा लिइने छ। बिहीबार पोखराबाट रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी भने अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छैनन्।


Advertisement

जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार रविलाई अदालत लैजाने टोली तयार भइसकेको छ, तर जोशीको बारेमा कुनै जानकारी छैन। पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनीसँगै रिहा भएका जोशीलाई कास्की जिल्ला अदालतले ८८ लाख धरौटीमा छुट्न आदेश दिएको थियो। कास्की प्रहरी स्रोतका अनुसार जोशी काठमाडौं पुगेका छन्, तर काठमाडौं प्रहरी र अदालतसँग सम्पर्कमा छैनन्।


Advertisement

रविको थुनछेक बहस आइतबार सम्पन्न नभएपछि उनलाई प्रहरी परिसर पठाइएको थियो। आज थुनछेक बहस हुने सम्भावना छ, जसको आधारमा धरौटीमा छुट्ने वा थुनामा राख्ने निर्णय हुनेछ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर