राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच चलिरहेको पार्टी एकता वा सहकार्यसम्बन्धी संवाद आज रातिसम्म निष्कर्षमा पुग्ने संकेत देखिएको छ। दुवै नेताबीच भएका चरणबद्ध छलफललाई टुंग्याउन सहकर्मीहरू सक्रिय रूपमा सहमतिको खाका तयार पारिरहेका छन्।
रवि र बालेनबीच दुई चरणको वार्ता गराउन भूमिका खेलेका असीम शाह, गणेश कार्की र कुमार बेनले विस्तृत समझदारीको मसौदा बनाउने गृहकार्य थालेका छन्। निकट स्रोतका अनुसार शुक्रबार रातिसम्म संवादले अन्तिम रूप लिने र त्यसपछि पार्टी एकता वा सहकार्यबारे औपचारिक घोषणा हुने सम्भावना छ।
स्रोतका अनुसार प्रस्तावित एकीकृत संरचनामा बालेनको बरियता रवि लामिछानेपछि दोस्रो स्थानमा रहनेछ। साथै, बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने विषयमा रविले यसअघि गरेको प्रतिबद्धता यथावत् राख्ने सहमति नजिक पुगेको बताइएको छ। यही बुँदामा आधारभूत सहमति बन्ने सम्भावना रहेको निकटस्थहरूको दाबी छ।
यसअघि रविसँगको संवाद निर्णायक नदेखिएपछि बालेनले आफ्ना निकट सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भेटघाट तीव्र पार्दै देश विकास पार्टीमार्फत अघि बढ्ने विकल्पमा समर्थन खोजेका थिए। ७ पुस राति कमलपोखरीमा भएको छलफललाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको भन्दै बालेन असन्तुष्ट बनेका थिए।
तर त्यसपछि बिहीबार अपराह्नसम्म चलेको पछिल्लो भेटमा दुवै नेताबीच सम्भावित एकता प्रक्रियाका विषयमा गम्भीर छलफल भएको बताइएको छ। पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपात मुख्य एजेन्डा बनेका थिए।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया