SHAREHUB SHAREHUB

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ८१ करोड, प्रतिसेयर आम्दानी २४ रूपैयाँ

Advertisement Ads
राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ८१ करोड, प्रतिसेयर आम्दानी २४ रूपैयाँ
Advertisement Ads

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४९.५४ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १० अर्ब ३ करोड रुपैयाँबाट बढेर १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा सिमित भएको छ। समीक्षा अवधिमा बैंकले ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३० करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा ३७ अर्ब ४७ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँमा पुगेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्

Advertisement Ads

Rastriya Banijya Bank Limited 1 https://bajarkochirfar.com/rastriya-banijya-banks-profit-is-3-81-billion-rupees-earnings-per-share-is-24-rupees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स