गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी गरेको छ। एलिनाले गत सोमबार सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् भने बाँकी व्यक्तिहरूलाई पनि क्रमशः जाहेरी दिने बताएकी छन्।
एलिना र अर्की गायिका समीक्षा अधिकारीले अमर्यादित कमेन्ट गर्नेहरूका फेसबुक प्रोफाइल सार्वजनिक गर्दै यस अभियानले कमेन्ट कम भएको जानकारी दिएका छन्।




















प्रतिकृया