राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुने भ्रमणमा लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहनेछन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुने तय भएको छ।
त्यसक्रममा उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन्। साथै, अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।


प्रतिकृया