पुष्पा २: द रुल चाँडै १ हजार करोड कमाउने भारतीय फिल्म बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २६ गते
पुष्पा २: द रुल चाँडै १ हजार करोड कमाउने भारतीय फिल्म बन्दै
AdvertisementAds

अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यस फिल्मको क्रेज भारत मात्र नभई विश्वभरमा  देखिएको छ । यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

फिल्म रिलिजको छैटौं दिनमै फिल्मले ठुलो सफलता  जुन कुनै पनि भारतीय फिल्मले अहिलेसम्म प्राप्त गरेको छैन। रिपोर्ट अनुसार, फिल्मले छैटौं दिन ५५ करोड रुपैयाँको कलेक्सन गरेको छ, जसबाट यसको कुल कमाई लगभग ९७७ करोडको हाराहारीमा पुगेको छ।

यस फिल्मको हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम संस्करण सबैमा राम्रो प्रदर्शन गरिरहेका छन्। फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरिरहेको छ, जसले फिल्मप्रति दर्शकको क्रेज देखाउँछ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएसँगै बक्स अफिसमा यसको प्रदर्शन उत्कृष्ट रहेको छ । विशेषगरी आगामी दिनमा यो फिल्मको कलेक्सन अझै बढ्ने अपेक्षा गरिएको छ ।

 

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स