पियोर इनर्जी लिमिटेडले स्थगित आठौं वार्षिक साधारण सभा पुनः आव्हान गरेको छ। जेन–जी आन्दोलनका कारण देशमा सिर्जना भएको परिस्थितिलाई ध्यानमा राख्दै भदौ २४ गते तय गरिएको सभा स्थगित गरिएको थियो। कम्पनीले भदौ २९ गते सूचना जारी गर्दै असोज ७ मा सभा गर्ने निर्णय गरेको हो। सभा आनन्द भूमिक इभेन्ट्स, बानेश्वर, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ।
सभामा गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै सञ्चालक समितिसम्बन्धी आवश्यक निर्णय गर्ने कार्यक्रम तय गरिएको छ। सभाका लागि कम्पनीले भदौ ९ गते एक दिन बुक क्लोज गरिसकेको छ। सभामा भदौ ८ गतेसम्म कायम सेयरधनीहरु मात्र भाग लिन सक्नेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया