कर्णाली प्रदेश सरकारले चैत्र शुक्ल अष्टमी (चैते दशैं)को अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि चैत १२ गते (बिहीबार) प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा विदा दिइने भएको हो।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार बिकका अनुसार, यसअघि २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो। सो बैठकले राष्ट्रिय धान दिवसको अवसरमा जुम्ला जिल्लाका सरकारी तथा सार्वजनिक संस्थाहरूमा पनि चैत १२ गते विदा दिने निर्णय गरेको जानकारी दिए।


प्रतिकृया