Advertisement
Ads

विदेशिने नेपाली विद्यार्थीको समस्याः काम र कोठा पाउन गाह्रो, मानसिक स्वास्थ्यमा असर



Advertisement
Ads

बेलायतमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको सामना हाल एक कठिन वास्तविकतासँग भइरहेको छ। उच्च शिक्षाका लागि बेलायत पुगेका रामेछापका उज्वल कार्की जस्तो धेरै विद्यार्थीहरू कोठा र कामको समस्यामा परिरहेका छन्। कार्कीका अनुसार बेलायत आउने आशामा उनीहरूको मनमा खुशी थियो, तर यहाँ आइपुग्दा उच्च भाडा र काम पाउन गाह्रो भएपछि उनीहरू तनाव र चिन्तामा छन्।

हालका केहि महिनामा बेलायतमा विद्यार्थीहरूले काम नपाउने समस्याको सामना गरिरहेका छन्। एउटै विश्वविद्यालयको विद्यार्थी भएर पनि विभिन्न क्षेत्रमा रहेका विश्वविद्यालयहरूबाट कामको खोजी गर्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ। विद्यार्थीहरूले कोठा पाउन कठिनाइ भोगिरहेका छन् भने, काम पाउँदा पनि उनीहरुको पारिश्रमिक न्यून रहेको छ।

लागि बेलायतको भौगोलिक र शैक्षिक परामर्शदाताहरूबाट प्राप्त गरिएको गलत जानकारीले नेपाली विद्यार्थीहरू थप समस्यामा परेको छन्। नेपाली समाज वेस्टमिडल्यान्डका अध्यक्ष भीम शर्माले यो प्रवृत्तिलाई चिन्ता व्यक्त गरेका छन्। त्येस्तै, नेपाली राजदूतावासका प्रवक्ता रोशन खनालले विद्यार्थीहरूलाई बेलायत आउनुअघि आधारभूत जानकारी लिनको महत्त्व बताएका छन्।


Advertisement

विद्यार्थीले कलेजको शुल्क तिर्ने र घरबाट सहयोग ल्याएर मात्र खर्च चलाउनका लागि मानसिक दबाबको सामना समेत गर्नुपरेको छ। बेलायतको यस कठिन परिप्रेक्ष्यमा, सरकार र शैक्षिक परामर्शदाताहरूलाई यथार्थपरक जानकारी र सहयोग पुर्याउन अपील गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर