सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) पदको पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति (२०८२/१२/१६) ले १५ दिनभित्र बैंकको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। आवेदनका साथमा व्यक्तिगत विवरण (CV), शैक्षिक प्रमाणपत्रहरू र प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ। शैक्षिक योग्यताको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, अर्थशास्त्र वा कानुन लगायतका विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्नेछ। अनुभवको हकमा ‘क’ वर्गको बैंकमा कम्तीमा ३ वर्ष सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा काम गरेको वा अन्य विकास बैंक/वित्त कम्पनीमा तोकिएको अनुभव हुनुपर्नेछ। उमेर ४० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।
थप सुचनामा:

