मोरु डिजिटल वालेटले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ। यस पदका लागि व्यवस्थापन, बैंकिङ, वित्त, लेखा, वाणिज्य, व्यापार प्रशासन, इलेक्ट्रोनिक्स र सूचना प्रविधि वा कम्प्युटर विज्ञानमा कम्तिमा स्नातकोत्तर तह (Master’s Degree) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, भुक्तानी सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने संस्था, बैंकिङ तथा वित्तीय क्षेत्र वा सूचना प्रविधि क्षेत्रको व्यवस्थापकीय तहमा कम्तिमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। आवेदकलाई देशको भुक्तानी र फछ्र्यौट सेवाहरू, व्यापार र प्रविधि सम्बन्धी विषयहरूको ज्ञान हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो सिभी र अपेक्षित पारिश्रमिक उल्लेख गरी ‘Application for CEO’ शीर्षक राखी यो सूचना प्रकाशित भएको ३० दिनभित्र [email protected] मा ईमेल मार्फत आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

