लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा तथा विभागहरूका लागि ट्रेनी जुनियर असिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। यस पदका लागि व्यवस्थापन संकायमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदन दिने अन्तिम मितिसम्म आवेदकको उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक तथा योग्य नेपाली नागरिकले २०८२ चैत्र १८ गते (१ अप्रिल २०२६) भित्र कुमारी जबको वेबसाइट वा मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


