लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले नेपालभर रहेका आफ्ना शाखाहरूका लागि १० जना ‘ब्रान्च हेड’ (शाखा प्रमुख) पदमा दरखास्त माग गरेको छ। यस पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको र बीमा क्षेत्र वा बैंक तथा वित्तीय संस्थाको मार्केटिङ विभागमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ। आवेदकको उमेर ३० देखि ३५ वर्षको बीचमा हुनुपर्नेछ भने उत्कृष्ट उम्मेदवारको हकमा उमेर हद खुकुलो हुन सक्नेछ। छनोट भएका उम्मेदवारहरूलाई सिनियर एसोसिएट वा असिस्टेन्ट म्यानेजर (जुनियर अफिसर) तहमा नियुक्त गरिनेछ। इच्छुक उम्मेदवारहरूले वैशाख १७ भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

