साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चार्टर्ड एकाउन्टेन्सी (CA) उत्तीर्ण गरेका योग्य नेपाली नागरिकहरूबाट वरिष्ठ अधिकृत (तह-७) पदका लागि ३ जना कर्मचारीको माग गरेको छ। इच्छुक उम्मेदवारहरूले चैत्र २४ गतेभित्र र दोब्बर दस्तुर तिरी वैशाख १ गतेसम्म संस्थाको आधिकारिक वेबसाइट https://recruit.skbbl.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्षसम्मको उमेर हद रहनेछ।

