साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुदृढीकरण कार्यक्रमका लागि करार सेवामा केही जनशक्तिको माग गरेको छ। सूचनामा उल्लेख भए अनुसार संस्थागत विकास अधिकृत, वरिष्ठ फिल्ड निरीक्षक र फिल्ड निरीक्षक पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। छनौट प्रक्रियामा पद अनुसार मामला अध्ययन, प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश गरिएको छ। विस्तृत जानकारी तथा आवेदनका लागि संस्थाको वेबसाइट www.skbbl.com.np मा हेर्न सकिनेछ।
थप सुचनामा:

