मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयहरूका लागि कर्मचारीको माग गरेको छ। विज्ञापित पदहरूमा शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरभाइजर) र फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी र प्रशिक्षार्थी) रहेका छन्। शाखा प्रमुखका लागि १०+२ उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव आवश्यक छ भने फिल्ड सहायक (अनुभवी) का लागि २ वर्षको अनुभव हुनुपर्नेछ। प्रशिक्षार्थी पदका लागि अनुभव नभए पनि आवेदन दिन सकिनेछ। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ५ वर्ष थप)। इच्छुक उम्मेदवारले श्रावण १ गतेसम्म संस्थाको वेबसाइट apply.meromicrofinance.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा लिखित परीक्षा, अन्तर्वार्ता, प्रस्तुतीकरण र प्रयोगात्मक परीक्षा समावेश हुन सक्नेछ।
थप सुचनामा:

