हितेन्द्र शाक्यको पक्षमा प्रधानमन्त्रीका सल्लाहकार रिमाल: “शाक्यलाई बदनाम बनाउन बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्छन्”

हितेन्द्र शाक्यको पक्षमा प्रधानमन्त्रीका सल्लाहकार रिमाल: “शाक्यलाई बदनाम बनाउन बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्छन्”
Advertisement Ads

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति सामाजिक सञ्जालमार्फत समर्थन र हौसला व्यक्त गरेका छन्।

लोडसेडिङसम्बन्धी बढ्दो आलोचनाबीच आइतबार बिहान फेसबुकमा पोस्ट गर्दै उनले शाक्यको कार्यकुशलता र इमान्दार प्रयासको प्रशंसा गरे। रिमालले लेखेका छन्, “तपाईं नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ ” ।

तर, रिमालले सामाजिक सञ्जालमा देखिएको ‘बलेको बत्तिमुनि बसेर बिजुली गयो’ भन्ने व्यंग्यात्मक न्यारेटिभप्रति चिन्ता पनि व्यक्त गरे। उनका अनुसार, केही समूहले सेवा र उपलब्धिभन्दा नकारात्मक कथा र प्रचारलाई प्राथमिकता दिँदै जनधारणा बनाउने प्रयास गरिरहेका छन्।

“समाजमा सेवा दिनेहरूभन्दा कथा बनाउनेहरू बढी चर्चामा छन्,” उनले लेखे, “यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।” उनले यो पनि उल्लेख गरे कि समाजले ‘बिजुली कसरी आयो’ भन्ने नबुझी ‘बिजुली ल्याउने देवता’ को कल्पना गरिरहेको अवस्था छ, जुन यथार्थभन्दा कथा निर्माणको प्रवृत्तिको परिणाम हो।

Screenshot 18 5 2025 15433 www.facebook.com https://bajarkochirfar.com/prime-ministers-advisor-rimal-in-favor-of-hitendra-shakya-they-are-sitting-under-the-lamp-and-saying-the-electricity-is-out-to-defame-shakya | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स